हाकीमको नाममा दलालद्वारा ठगी, कुरा मिलेपछि जे पनि छिर्छ ।
-थेच्विम
काठमाण्डौं फागुन १९ गते यरपोर्टको भन्सारमा हाकीमको नाउँदिलाई अन्य दलालहरुले ठग्ने गरेको पाईएको छ । प्रत्यक्ष सबुत प्रमाण सहित साउदी अरबबाट फर्कनुभएका थेच्वमि सम्वाददाताका अनुसार कतार एरवेजबाट गत मार्च २ गते काठमाण्डौं आईपुगेको कार्गोमा भन्सार विभागबाट सामान्य भन्सार नलागे पनि त्यहाँ रहेका दलालहरुले प्रतिगोटा कम्बलको ५०० दर तोकेको थियो । त्यहाँ काम गर्ने दलालहरु भन्छन् । -हाम्रो हाकिमसावले यति दिनु भन्नु भएको छ भनेर म संग २५०० सय मागेको थियो । र उहाँहरु भन्नुहुन्छ तपाईले के के ल्याउँनु भएको छ कुरा मिलेपछि जे पनि छिर्छ भन्दै स्वंम मेरोपछि लागेको थियो । उनिहरुको अनुसार अब त कुरा मिले पछि सून ड्रग्सहरु हिरोईनहरु पनि सजिलै छिर्ने रहेछ भन्ने कुरा प्रस्त्याएको छ । यि दलालहरुले हाकीसंगको मिलोमतोमा सामान कर्ताहरुलाई अगाडी बाटोमा छेकि त्यहिदेखि बोलाएर समाएर लाने गरेको रहेछ ।
३ वर्षको साउदी अरबको कार्य पछि स्वदेश फर्केपछि आफूले ल्याउँन नसकेको सामान अधिक चार्ज तिरि कार्गो पठाईसकेपछि नेपालको आगमन भन्सार विभागका दलालहरुले विना सितैमा चाहिदो नचाहिदो रकमहरु अशुल्ने गरेको पाईएको छ । यसै क्रममा हिजो भन्सारमा सामान छुटाउँने क्रममा पि्रु नेपालका सम्वाददाता थेच्वमिज्यूलाई कार्यलय भित्रको हाकीमको नाउँमा श्री भैरब थपलिया भन्सार एजेन्ट आई।डी। नंं ०७६८ मोबाई नं।९८४१३२९००७ चढिआईरहेको गाडीबाट झारी भित्र छिर्नु अगाडी बाटोमा कुढि आफू चढेर आएको ट्याक्सी रोकी भन्सारको कागजजात तथा फार्म जसको पैसा भन्सारमा तिर्नु नपर्ने थियो । त्यसको प्रति फार्मको ३० रुपैसाका दरले चार्ज लगाई बाहिर भरिदिने र तपाईको सामान म झीकाई दिन्छु के के ल्याएको छ भाई कुरा मिलेपछि यहाँ सबै सामान पास गर्न सकिन्छ भनेर भनेको थियो । सम्वाददाता स्वंम -मैले हैन् दाई म मेरो सामान आफै झीक्छु र म तपाईहरुलाई पैसा दिन सक्दिन भन्दा गालिगलज दिएको र साथमा हाकीले पैसा मागेको छ भन्दै भन्सार अगाडीको बाटोमा गाडीलाई छेकि २५ सय पैसा मागेको थियो । जहाँ थेच्वमिले हाकीमको नाउँ टेलिफोन नं माग्दा ति दलालहरुले दिन नचाहेको तर पैसा नदिकन नछोडेपछि भनाभन हुंदा १८० रुपैसा दिएरै छाडेको थियो ।
जुन मैले ल्याएको ब्यागमा मात्र कम्बर ४ ओटा साथीको सहित र अन्य कितावहरु थियो । के नेपालको अन्तराष्ट्रिय यरपोर्टको भन्सार जस्तोमा कुरा मिले पछि सबै छिर्ने भनेपछि म सम्वाददाता दंग भएँ र त्यसमा पनि भित्र निशुल्क पाउँने भन्सारका फर्म बाहिर दलालहरुले ३० रुपैयामा बेच्ने गरेको र साथै विदेशबाट आएका गाउँले नेपालीहरुलाई यसरी यस भन्सारमा लापरवाई पैसा ठग्ने गरेको कुरा उक्त भन्सारमा कार्यरत एक ड्राईभरले बाटोमा फर्कंदा सुनाउँनु भएको थियो । जसको रेर्कडिङ्ग म संग प्रमाणको लागि आवश्यक परेमा पेश गरौंला । साथमा केहि दिन अगाडी विदेशबाट ११०० ओटा मोबाई कार्गोमा आएको र भन्सार आगमन विभागमा उक्त मोबाईल कर्ता मालिकलाई लापरवाई गरि हाकीमको नाउँमा धेरैले मोबाई पनि झीकेको कुरा उक्त ड्राईभरले बताउँनु भएको छ । उहाँको अनुसार यहाँ जस्तो दलालि अन्य कुनै ठाउँमा नहुने कुरा बताउँदै यस्तो साधारण सिधा साधा नेपाली गाउँले दाजुभाईहरुलाई तिर्नु नपर्ने पनि तिराई हजारौं हजार तिराउँने ठग्ने प्रवृति हताउँन माग गरिएको छ साथमा म स्वंम सम्वाददातालाई पैसा तिरेन भनेर गालिगलज दिने र हाकिमहरुको नाउँमा दिनौं हजारौं हजार ठग्ने देशको ढुकुटीको देशको अर्थ-भकारीको धनलाई रिट्याउँने मूसालाई कडा भन्दा कडा कारवाई गर्न नेपाल सरकारका साथै सम्बन्धित विभाग समक्ष माग गरिएको छ । साथमा भन्सार विभागमा हुने अनियमितालाई सिघ्र कानूनिक रुपमा व्यवस्थित गराउँन मागका साथै विदेशी भूमिमा थोपा-थोपा पसिना काढि कमाएको धनलाई नेपालको राजश्वबाट बन्चित गराई देशका दलालहरुलाई नखुवाउँन गरिब नेपालीहरु दाजुभाईहरु चुस्ने देशका दलाललाई कडा कारवाईको माग गरिएको छ ।